उत्तम कुमार थापा ,बझाङ । सुदुरपश्चिम प्रदेशकाे विकट पहाडी जिल्ला बझाङमा जुनिभरी गितकाे सुटिङ सुरु भएको छ । सुदुरकाे झल्काे दिने पर्यटकीय क्षेत्र सदरमुकाम चैनपुरमा रहेका थुप्रै स्थानमा सुटिङ भएको हाे । जुनिभरी नामक गितका डाईरेक्टर अविनास थापा काजीले विगतका दिनहरुमा थुप्रै म्युजिक भिडियोहरुमा खेलिसकेकाे बताउदै अहिले आफै जन्मेको जन्मथलो बझाङका विभिन्न पर्यटकीय धार्मिक स्थलहरुलाई झल्काउने उद्देश्यले बझाङमा सुटिङ गरिएको बताए । थापाले महेन्द्रनगरकाे कञ्चनपुरमा बसेर एवान डान्स क्याम्प चलाउदै आएका छन। आफै डाईरेक्टर रहेका थापाले कमला शाहीलाई जुनिभरी गितकाे मुख्य पात्रकाे रुपमा लिएका छन ।
आफू मोडल बनेर पर्दामा देखिने सपना पूरा भएकोमा खुसी लागेको शाहिले बताइन। माेडेल अविनास थापा धेरै गितमा र एउटा फिल्म पिजडा व्याक अगेनमा पनि काम गरिसकेका छन । गितमा मुख्य भुमिका भने माेडल अविनास थापा काजी र कमला शाहिको रहेको छ । गितकाे भिडियो केही सातामै बजारमा आउने माेडेल थापाकाे भनाइ छ ।
' जुनिभरी' को छायांकन सुरु