ओपनरद्वय के एल राहुलको अर्धशतक र मयंक अग्रवालको सतकियमा किङ्स - ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजेस्थान रोयल्सलाई २२४ रनको विजय लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ पाएको किङ्स - ११ ले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १२३ रनको योगफल तयार पारेको हो । किङ्स -११ पन्जाबका लागि ओपनिङमा आएका मयंक अग्रवालले ५० बलमा १० चौका ७ छक्काको मदतमा १०६ रनको शतकिय पारी खेले त्यस्तै कप्तान के एल राहुलले ५४ बलमा ६९ रनको अर्धशतकिय योगदान गरे । त्यस्तै ग्लेन मैक्सवेलले ९ बलमा १३ रन, र निकलस पुरनले ८ बलमा २५ रन जोडे । राजेस्थान रोयल्सका लागि टि करन र राजपुतले १/१ विकेट लिए।
मयंक अग्रवालको शतकको मद्दतले किङ्स -११ पञ्जाबद्वारा राजस्थानलाई २२४ रनको लक्ष्य