[आज मिति २०७७ साल असोज ११ गते आइतबार । तदनुसार सेप्टेम्बर २७ तारीख । नेपाल संवत ११४०]
मेष राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : मानसिक चिन्त बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । धन प्राप्त हुनेछ ।
वृष राशि ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) : आज धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । लाभदायक यात्राको योग छ । वैदेशिक कार्य अघि बढ्नेछ ।
मिथुन राशि ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) : आज स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुने योग रहेको छ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता पनि बढ्नेछ ।
कर्कट राशि ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : कार्य सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमा परि काम बिग्रिएला । सरकारी निकायको भय रहनेछ । मनमा शंका उत्पन्न हुनेछ ।
सिंह राशि ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) : आज विद्या र बुद्धिको विकास हुनेछ । मंगल कार्यको योगछ । पार्टी, पिकनिक तथा सेमिनारमा सहभागी भईएला । रोजगारको अवसर मिल्नेछ ।
कन्या राशि ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) : आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
तुला राशि ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) : अचल सम्पत्ती हात पर्ने योग छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
वृश्चिक राशि ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) : मंगल कार्यको योग छ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।
धनु राशि ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) : आज शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा सफलता र रुची बढ्नेछ । उपहारको सम्भावना पनि छ ।
मकर राशि ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) : बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिकताको विकास हुनेछ ।
कुम्भ राशि ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) : व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ । पेट सम्बधी समस्या आउला ।
मीन राशि ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) : आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मान प्रतिष्ठामा बृद्धि होला ।