नवलपुर,असोज १०–चर्चित अनि लोकप्रिय गायिका कला लम्सालले दर्शक तथा स्रोतामाझ आफ्नो नया गित सहित आएकी छिन् ।आफ्नै युटुब च्यानल कला लम्साल मार्फत सार्वजनिक गरिएको ‘लाहुरे आएन झुक्यायो…’ शीर्षकको उक्तमा गायिका लम्साललाई गायक बिमल परियारले साथ दिएका छन् । उक्त गीतमा शिव हमालको शब्द तथा संगीत सुन्न सकिन्छ । चेतन गोताम उक्त गीतका संगीत संयोजक हुन् । उक्त गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोमा अभिनेता गम्भिर विष्ट तथा गायिका कला लम्साल फिचर्ड छन् । नवराज उप्रेतीले उक्त भिडियो छायांकन गरेका हुन् भने प्रविण भट्ट भिडियोका सम्पादक हुन्। पूरा भिडियो हेर्न तलको लिन्कमा जानुहोला