एलिना के सि ,देवचुली। पछिल्लो समय नेपालमा होम आईसोलेसनमा बस्नेको संख्या ह्वात्तै बढेको छ । कोरोना भाईरस संक्रमण पोजेटिभ रिपोर्ट आए पनि संक्रमित व्यक्ति भने घरमा नै बसेको पाईएको छ । नेपालमा दिनानुदिन संक्रमण बढ्न थाले पछि आईसोलेसनहरु भरिन थालेको समयमा नेपाल सरकारले पनि लक्षण नभएका संक्रमितलाई होम आईसोलेसनमा बस्न आग्रह गरेको हो । यो सँगै होम आईसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या बढिरहेको छ भने अस्पताल आईसोलेसन भने खाली हुने क्रममा रहेका छन् । यो सँगै देवचुली नगरपालिकामा होम आईसोलेसनमा बस्नेको संख्या ४१ पुगेको छ । देवचुली नगरपालिका वडा नं २ मा ३ जना, वडा नं ३ मा ३ जना, वडा नं ७ मा ५ जना, वडा नं ८ मा ३ जना, वडा नं ९ मा १ जना, वडा नं ११ मा १३ जना, वडा नं १२ मा २ जना, वडा नं १३ मा १ जना र १४ मा १० जना गरि ४१ जना संक्रमित होम आईसोलेसनमा रहेको देवचुली नगरपालिका कोभिड १९ फोकल पर्सन पित्ताम्बर भुर्तेलले जानकारी दिए । देवचुली नगरपालिकामा संक्रमण बढे सँगै संक्रमित व्यक्तिहरुलाई राख्नको लागि आईसोलेसन भरिए पछि लक्ष्यण नदेखिएकाहरुलाई होम आईसोलसनमा बस्न आग्रह गरिएको हो । अस्पतालको आईसोलेसनमा भन्दा घरमै बस्न उचित माने पछि लक्षण नभएका कोरोना संक्रमित व्यक्तिहरुलाई होम आईसोलेसनमै राखिएको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले जानकारी दिए । होम आईसोलेसनमा बस्दा संक्रमितले अनिवार्य रुपमा घरपरिवार सँग दुरि कायम गरि छुट्टै कोठामा सुरक्षित बस्ने स्वास्थ्य समस्या देखिए सम्बन्धित डाक्टरहरु सँग अनिवार्य सम्पर्कमा रहने गरेका श्रेष्ठले बताए । होम आईसोलेसनमा बसेका कोरोना संक्रमित व्यक्तिहरुलाई देवचुली नगरपालिका आयुर्वेदिक शाखाबाट आयुर्वेदिक औषधिहरु समेत वितरण गरिएको छ । यो सँगै देवचुली नगरपालिकामा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा ६७ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । हाल सम्म देवचुली नगरपालिकामा कोरोना संक्रमितको संख्या १ सय ५१ पुगेको छ भने मृत्यु हुनेको संख्या २ पुगेको छ ।
देवचुलीमा ४१ जना कोरोना संक्रमित होम आईसोलेसनमा