उमेश बि.क / नवलपरासी ,९ असाेज ।सशस्त्र प्रहरी बल बिओपि भुजहवाले जनताकाे दुखमा साथ दिदै विस्थापित ५ स्थायी घर निर्माण गरि हस्तान्तरण गरेको छ । नवलपरासीको सरावल गाउँपालिका स्थित बुडन्तवापुरमा ४ स्थायी घर तथा १ वटा भटवलियामा निर्माण गरि बस्नमा सहजता प्रदान गरेको हाे ।
तिन दिनदेखि परेको बर्षाका कारण नवलपरासीको विभिन्न स्थानहरु जलमग्न भएका छन् । सरावल गाउँपालिका वडा नं.५, ६, ७ र पाल्हीनन्दन गाउँपालिका–१ शंकरपुर सहित आसपासको क्षेत्र बर्षाका कारण जलमग्न भएको छ। वर्षातको पानीले निकास नपाउँदा गाउँ डुबानमा परेका हुन् । तिन दिनदेखि परेक बर्षाका कारण साे क्षेत्र डुबान हुँदा मानिसहरुको दैनिकी समेत प्रभावित बनेको छ । पानीको सहज निकास नहुँदा घर तथा पसलहरु डुबेका हुन् । सडकमा पानी जम्मा हुँदा आवत–जावत गर्नसमेत कठिनाई भएको छ। डुवानका कारण सरावल गाउँपालिका वडा नं. ५ ,६ र ७ खडाैना ,मधवलिया, नाैडिहवा , भुजहवा ,गडाैरी कुर्थावल,पुसाैलि गरि ३० घर विस्थापित तथा पाल्हिनन्दन गाउँपालिका १ शंकरपुरमा करिब १५ घरहरुमा पानी पसेको छ भने शंकरपुरकाे पप्पु चाैधरीकाे घर भत्केको स्थानीय धनपाल चाैधरीले जानकारी दिए।
घरभित्र पानी पस्दा अन्नपात, लत्ताकपडा भिजेका छन् भने धारा पानिमा डुबेको हुनाले धमिलाे पानी अाउने तथा फाेहाेर पानीको कारणले गर्दा शरीर चिलाउने गरेको स्थानीयले जानकारी दिएका छन । अहिले सम्म कुनै मानवीय क्षेती नभए पनि पशु चौपायामा भने ठुलो क्षेती भएको छ । विस्थापित घर परिवारलाई छिमेकी तथा सार्वजनिक स्थानमा सुरक्षीत साथ राखिएको र क्षेतीको विवरण संकलन गर्न कार्य भैरहेको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिए।
जनताको दुखमा सशस्त्र प्रहरी