असोज २ ,नवलपुर। नवलपुरमा महाअभियान हरेक दिन एक मुठी दान सामाजिक अभियानको पहलमा तथा विभिन्न सामाजिक संस्थाहरु JCI नवलपुर,हेल्प अर्गानाइजेसन,ड्याड नेपाल,हाम्रो संसार,कोइलापानी पोलस्टार क्लबको आयोजनामा संचालित फुड बैंक कार्यक्रम निरन्तर रुपमा संचालन हुने भएको छ।हुनेले दिएर जाउ ,नहुनेले लिएर जाउ भन्ने नारा सहित सुरु गरिएको फुड बैंक लगातार ९ दिनसम्म संचालन भएको थियो।
एकै ठाउमा संचालन गर्दा टाढाबाट खाद्यान्न सामाग्री लिन आउन कठिन हुने तथा कतिपय अवस्थामा दोहोरिन सक्ने समस्या भएको हुदा कार्यक्रम हरेक हप्ताको शनिबार फरक फरक चोकमा गर्न लागिएको फुड बैंकका संयोजक किरण भुर्तेलले बताए।लगातार ९ दिनसम्म कावासोतिमा संचालन भएको फुडबैकबाट ८७२ घरपरिवार,जिल्लाका ९ जना संचारकर्मी लाभान्वित भएको अभियान्ता तथा हेल्प अर्गनाइजेसनका अध्यक्ष ओमकार घिमिरेले जानकारी दिए।सामाजिक दुरि कायम गरेर संचालन हुने कार्यक्रम भोलि शनिबार ठिक १ बजे देखि ३ बजेसम्म डण्डाको गैडाचोक अगाडि संचालन गरिने र त्यसलगत्तै जिल्ला विभिन्न प्रमुख चोकहरुमा क्रमश संचालन हुने जेसिआइ नवलपुरका अध्यक्ष नारायण प्रसाद न्यौपानेले जानकारी दिएका छन।
नवलपुरको चोक-चोकमा फुड बैंक संचालन हुँदै,भोलि डण्डामा