असोज २,कावासोती ।कावासोती नगरपालिकामा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।कन्ट्रयाक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब परिक्षणको नतिजा आज आउदा ९६ स्वाब मध्य १५ जनाको रिपोर्ट पोजेटिभ देखिएको कावासोती नगरपालिका स्वास्थ शाखा प्रमुख कृष्ण नागिलाले जानकारी दिए।१५ जना संक्रमित मध्य कावासोती २ का ९ जना ,कावासोती ३ का ५ जना र कावासोती १४ का १ जना रहेका छन।
संक्रमित मध्य २ जना स्वास्थका कर्मचारी र केही नापिका कर्मचारी रहेको ,दुई जना क्वारेन्टाइनका र अन्य कन्ट्याक्ट ट्रेसिङको आधारमा पत्ता लागेको पनि नागिलाले जानकारी दिए।संक्रमित हरुलाइ अस्थायी कोरोना हस्पिटलको आइसोलेसन लैजाने तयारी भैरहेको छ।