असोज २, नवलपुर । नवलपुरको चोरमारामा युवाहरुले शान्तिपुर्ण विरोध प्रदर्सन कार्यक्रम गरेका छन।सरकारले जनभावना विपरित कुलमान घिसिङको कार्यकाल नदोहोर्याउने गलत निर्णय गरेको भन्दै तुरुन्त निर्णय सच्चाउन माग गर्दै विरोध प्रदर्सन गरिएको हो। नवलपुरका विभिन्न स्थानका १०० भन्दा बढी युवा संलग्न र्याली चोरमारा बजार लगायत विभिन्न भित्री भागमा पुगेको थियो।विरोध प्रदर्शन कार्यक्रममा केपि तेरो पाराले दुख पाए साराले,कुलमान घिसिङ हाइ हाइ अरु सबै बाइ बाइ जस्ता चर्का नाराहरु लागेका थिए।सरकारले उज्यालो नेपालका नायक कुलमान घिसिङलाई पुन प्राधिकरणमा नियुक्त गर्न दबाब होस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अभियान्ता सुरेश कुमालले जानकारी दिए।
फेरि कुलमान घिसिङ चाहियो भन्दै सडकमा उर्लिए युवा