रन्जीत शर्मा/ नवलपरासी/ ३१ भाद्र। बिश्वभर फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) का कारण सम्भावित जोखिम लाई मध्यनजर गर्दै नेपालमा पनि गत चैत्र ११ गतेदेखी हालसम्म सरकारले लागु गरेको लकडाउनको कारण विभिन्न कलकारखाना उधोगधन्दा,व्यापार व्यवसाय बन्द रहदा बेरोजगारी बढ्दै जादा त्यसको असर बन क्षेत्रमा समेत परेको छ।
लकडाउनको मौका छोपी बन क्षेत्रबाट अवैधरुपमा काठ तस्करहरुले बन बिनास गर्दै गएको गुनासो बढको छ।यसै बिच गुनासो बढेसंगै पश्चिम नवलपरासीमा सामुदायिक वन लगायत वन कर्मचारी र सुरक्षाकर्मीले वन संरक्षणका लागी वन गस्तीलाई तिव्रता दिएका छन्। सोही क्रममा बासाबसही प्रहरी चौकीको गस्ती टोलीले बुधबार राती काठ तस्कर सहित साइकल र अवैध काठ बरामद गरेको छ । बुधबार बिहान ३ः३० बजेको समयमा काचो सालको काठ अबैध रुपमा बन क्षेत्रबाट ल्याउदै गरेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पश्चिम नवलपरासीको सरावल गाउपालिका को वार्ड नं. २ स्थित देविनगर को भित्रि सडक खण्ड अन्तर्गत अवैधरुपमा सालको काठ ल्याउदै गरेको अवस्थामा बासा बसही प्रहरी चौकी बाट खटिगएको ४ जनाको गस्ती टोलीले उत्तर बाट दक्षिण तर्फ ६ वटा साईकलमा काचो सालको काठ ल्याउदै गरेको अवस्थामा ६ जना सहित ६ साईकल र ७ ओटा चौकस नियन्त्रण मा लिएको छ । पक्राउ परेकाहरुमा सरावल गाउपालिका १ बसहीका ३२ बर्षका ईन्द्रजित भर , बर्ष ४५ का थानेदार थारु , बर्ष ३६ को परमेश्वर चौधरी ,बर्ष ४५ को शेष नारायण थारु ,बर्ष ३८ को नगेन्द्र यादव र बर्ष ३५ को लक्ष्मण थारु रहेका छन् ।
पक्राउ गरिएका सबै लाई बासाबसही प्रहरी चौकीमा ल्याईएकोमा थप कारवाहीका लागी बरामद सामान सहित बर्दघाट सरावल सव डिभिजन वन कार्यालय बर्दघाट पठाईएको बासाबसही प्रहरी चौकी का प्रहरी सहायक निरिक्षक महेश रायमाझिले जानकारी दिनुभएको छ भने थप अनुसन्धानका लागी बुधबार नै बरामद ७.३३ क्युफिट सालको चौकस र ६ थान साइृकल सहित पकउ परेका लाई डिभिजन वन कार्यालय परासी पठाएको बर्दघाट सरावल शव डिभिजन वन कार्यालय बर्दघाट का सहायक वन अधिकृत राम नारायण शाहले जानकारी दिनुभयो ।