[आज मिति २०७७ साल भाद्र ३१ गते बुधबार । तदनुसार सेप्टेम्बर १६ तारीख । नेपाल संवत ११४०]
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : महत्वपूर्ण कार्य सम्पादन गर्न पारिवारिक साथ सहयोग प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । कार्यक्षेत्रमा लगाइएको लगनसिलताको कदर हुनेछ । भुमि तथा वाहन सुख प्राप्त रहनेछ । पूराना मित्रजनहरुसँगको भेटघाटले मन प्रसन्न रहनेछ । अध्ययन अध्यापनमा समय मध्यम रहनेछ ।
वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सहज बन्नेछ । तपाईको कार्य सम्पादनको श्रेय अन्य व्यत्तिहरुलाई सहजै प्राप्त हुनेछ । मित्रजनहरुको साथ सहयोगमा सामान्य यात्राको सम्भावना रहेतापनि यात्रा झन्झट पुर्ण रहन सक्नेछ । काम गर्दा विशेष सावधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) : स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । सामान्य चोट पटक आईपर्नेछ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । आफन्तजनहरुको साथ सहयोगको कमी महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : स्वास्थ सम्बन्धि सामान्य समस्याले सताउनेछ । आय आम्दानीका विभिन्न श्रोतहरु फेला पर्नेछन । मानसिक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय व्यतित रहला । प्रेम सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो विश्वास गर्नाले सामान्य धोकामा परिएला । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । सहयोगी व्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाईसँग प्रतिस्पर्दा गर्ने व्यक्तिहरुको बृद्धि हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : दिदीबहिनीहरुको साथ सहयोगले दिगो फाईदा हुने कार्यको थालनि होला । आकस्मिक धनलाभको सम्भावना रहेको छ । बौधिक क्षेत्रका व्यतित्वसँगको संगतद्वारा मन प्रसन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउला । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । पठन पाठन सफल रहनाले बौद्धिकताको सर्वत्र कदर हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : बिद्यार्थी बर्गको बौधिक विकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ तथा मानसम्मान प्राप्त हुने समय रहेको छ ।सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अवलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सामान्य शंका उपशंकाहरुको निवारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रसन्न रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : मानसिक चन्चलताले कार्य क्षेत्रमा झन्झट आई पर्नेछ । सामान्य बादविवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । व्यक्तित्व विकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : साझेदारी कार्यमा हात नहालेकै बेश रहनछ । व्यापार व्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्यबाट फाईदा लिनेहरुको सङख्यामा बृद्धि हुनेछ । आँटशाहसको बृद्धि हुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट व्यर्होनु पर्ला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) : अरुको संगत गर्ने बानीले सामान्य समस्या आइपर्ला । मनमा चन्चलताले बास गर्नेछ । कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला । निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । सौदर्यका क्षेत्रमा खर्च हुने योग रहेको छ । सामाय आर्थिक अभावको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : आम्दानीका विभिन्न स्रोत हरु फेला पर्ने छन् । बौधिक क्षेत्रका व्यतित्वसँगको संगतद्वारा मन प्रसन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको विषय बन्न सकिनेछ ।