नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा १७ बर्षीया भतिजिलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बलात्कारको आरोपमा ४५ बर्षीय पुरुषलाई पक्राउ गरेको बताए । खाँणले घटनाको अनुसन्धान भईरहेको र बालिकाको स्वास्थ्य परीक्षणको तयारी भएको बताए । प्रहरीले कावासोतीका ४५ बर्षीय श्रीराम महतोलाई पक्राउ गरेको छ । सोमबार घटना घटेको भए पनि प्रहरीलाई मंंगलबार मात्र खबर पाएपछि प्रहरीले मंंगलबार नै उनलाई नियन्त्रणमा लिएको हो ।
कावासोतीमा भतिजिलाई बलात्कार गरेको आरोपमा काका पक्राउ