कावासोती ,नवलपुर ।कावासोती नगरपालिका वडा न ३ मा रहेको शेन्ट जोसेफ बोर्डिङ स्कुलले निरन्तर नमुना र अनुकरणीय कार्यहरु गर्दै आइरहेको छ।पछिल्लो समयमा विभिन्न सामाजिक कार्यहरु,प्रबिधिमैत्री र शिक्षक तथा कर्मचारीमैत्री कार्य गर्दै आएको विद्यालयले फेरि एकपटक आफुलाइ थप फरक र विषेश रुपमा प्रस्तुत गर्न सफल भएको छ। विद्यालयका प्रधानाध्यापक कमल प्रसाद चापागाईंका अनुसार कोरोना महामारीले सम्पुर्ण विश्वनै आक्रान्त रहेको वर्तमान विषम परिस्थितिमा आफ्नो विद्यालय र कार्यरत शिक्षक कर्मचारीलाई समेत परेको अत्यन्तै नकारात्मक प्रभावलाई महसुस गर्दै सम्पूर्ण शिक्षक तथा कर्मचारीको कोरोना बिमा निशुल्क रुपमा विद्यालयले गरिदिएको छ।
विगतमा पनि विद्यालयले कोरोना महामारीको अवस्थामा शिक्षक हरुलाइ आधा तलब व्यवस्थापन गरेको र अहिलेको अवस्थामा विद्यालयमा कार्यरत ७५ जनाको कोरोना विमा निशुल्क गरिएको बताउदै प्रीन्सिपल चापागाईंले आफुहरु जहिलेपनि शिक्षक तथा कर्मचारीहरुको हक हित र दुख सुखमा सङ्गै रहको जानकारी दिए। कोरोना महामारीले सम्पुर्ण व्यापार व्यवसाय ठप्प रहेको वर्तमान अवस्थामा शिक्षक कर्मचारीहरुको स्वास्थ सुरक्षा प्रती गम्भीर भएर शिक्षक कर्मचारीको कोरोना बिमा निशुल्क गरिदिएकोमा विद्यालयलाइ धन्यवाद दिदै आफुहरुको सुखदुःखमा सधै विद्यालय छ भन्ने कुरामा आफू लगायत अन्य शिक्षकहरु विस्वस्त भएको शिक्षक माधब पौडेलले बताए।
जेनरल इन्स्योरेन्स कम्पनीबाट कोरोना बिमा गरिएका उनिहरुमा कोरोना संक्रमण पुष्टि भएमा उनिहरुले प्रतिव्यक्ति रु १ लाख प्राप्त गर्ने प्राबधान रहेको छ। विद्यालयले यसअघि पनि विभिन्न सामाजिक काम हरु गर्दै आएको छ भने विद्यालयको प्राबिधिक क्षमता वृद्धि गर्दै नवलपुरमै नमुना संस्थागत विद्यालयको रुपमा आफुलाइ अगाडि बढाउदै लगेको छ।
कावासोतिको सेन्ट जोसेफ बोर्डिङको नमुना कार्य: ७५ शिक्षक ,कर्मचारिको निशुल्क कोरोना बिमा