[आज मिति २०७७ साल भाद्र २८ गते आइतबार । तदनुसार सेप्टेम्बर १३ तारिख । नेपाल सम्वत् ११४०]
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : भौतिक श्रोत साधनको प्रयोगमा समय व्यतित रहने योग रहेकोछ । मान्यजनको स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरिरहेको कार्यका श्रेत्रमा सामान्य ढिलाईको सम्भावना रहेकोछ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु पर्नेछ । जिवन साथीको सहयोगमा जटिल कार्य सम्पादीत रहनेछन् ।
वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आयआर्जनका निम्ति अधिक श्रम तथा यात्रा गर्नु पर्ने समय रहेकोछ । मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको साथ सहयोग मनग्य प्राप्त हुनेछ । मान प्रतिष्ठामा सामान्य आँच आउन सक्ने सम्भावना रहेको छ । यात्राका क्रममा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) : भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागिता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय व्यतित रहनाले मन प्रशन्न रहनेछ । बाणीमा अस्थिरता छाउनाले नजिकका आफन्तजनहरुसँगको सम्बन्धमा तनाव उत्पन्न हुन सक्नेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भावना रहेकोछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : मनोबिलासिताका साधनको प्रयोगले समय व्यतित रहनेछ । व्यिपार व्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । स्वास्थ क्षेत्रमा सामान्य सुधार रहनेछ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन् । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण व्यतित रहला । प्रतिस्पर्धीहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । परिवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । गैर व्यक्तिहरुको बिश्वासमा नपर्नु होला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : आयआर्जनका विभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा व्यवधान आई पर्नेछ । अध्ययन अध्यापनमा अधिक समय व्यतित गर्नु पर्नेछ । शुभ चिन्तकहरुको वृद्धि हुनेछन् । रचनात्मक कार्यका क्षेत्रमा समय व्यतित गर्दा उत्तम प्रतिफल प्राप्त रहनेछ । बोलीका कारण आफन्तजनहरुसँग तनाब उत्पन्न हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : सभासम्मेलन जन्य कार्यमा सहभागिता साथै सामान्य मान प्रतिष्ठा प्राप्तिको योग रहेकोछ । कार्यप्रतिको लगनसिलतामा वृद्धि हुनेछ । मनोरञ्जनका निम्ति सामान्य खर्चको सम्भावना रहेकोछ । मानसिक चन्चलताले सताउनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय व्यतित रहला । नयाँ कार्य थालनिमा सावधान अपनाउनु होला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : यात्राका क्रममा सामान्य खर्चको सम्भाबना रहेकोछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । नजिकका मित्रजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । परिवारका सदस्यहरुसँगको सम्बन्धमा सामान्य मन मुटाव उत्पन्न हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : स्वास्थ सम्बन्धी समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा बिशेष सजग रहनु होला । पुरानो लगानी उठाउन समयले साथ दिनेछ । गैर ब्यक्तित्वहरुका कारण कार्य क्षेत्रमा सामान्य दबावको सामना गर्नुपर्ने सम्भावना रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : शारीरिक आलस्यताका कारण गरिरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । मान प्रतिष्ठामा सामान्य आँच आउन सक्ने सम्भावना रहेकोछ । व्यापार व्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । अध्यन अध्यापन मध्यम रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) : तपाईद्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको वृद्धि हुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भावना रहेको छ । गैर व्यत्तिहरुको विश्वासमा नपर्नु नै उत्तम रहनेछ । यात्रामा सामान्य झन्झट आईपर्न सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा जुट्ने बिशेष समय रहेकोछ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : बौधिक व्यत्तित्वहरुको साथ सहयोगमा दिर्घकालीन आम्दानीका श्रोतहरु फेला पर्नेछन् । अध्यन अध्यापनका क्षेत्रमा समय व्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानी लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भावना समेत रहेकोछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ ।