उमेश बि.क / नवलपरासी । कोरोना संक्रमणको महामारी बढ्दै गएपछी जनजिवन कष्टकर बन्दै गइरहेको समयमा नवलपरासीकाे सगरमाथा युवा क्लबले विपन्न परिवारलाई राहत बितरण गरेको छ। विश्वभरी महामारिको रुपमा फैलिएको कोभिड १९ का कारण सबै क्षेत्रमा असर पुर्याएकाे भन्दै सरावल-१, नयाँटोलका अति विपन्न परिवार, दैनिक ज्यालादारी गरि खानाको जोहो गर्ने, गरिब परिवारलाई राहत प्याकेज सगरमाथा युवा क्लबले प्रदान गरेको छ ।
सरावल-१, नयाँटोलका अति विपन्न परिवार, दैनिक ज्यालादारी गर्नेलाई चामल २० किलाे ,तेल २.५ लिटर ,आलु ५ किलाे ,दाल ३ किलो ,स्वाबिन १ किलाे ,सरफ १किलाे,साबुन ६ पिस र गहुँको आटा ५ किलाेकाे दरले २१ घरपरिवारलाई प्रदान गरिएको समाजिक अभियान्ता निर्दोष बस्यालले जानकारी दिए। सगरमाथा युवा क्लब सरावल-१, नयाँटोलका अध्यक्ष टापेन्द्र प्रसाद न्याैपानेकाे अध्यक्षतामा भएको राहत बितरण कार्यक्रममा संस्थाका पुर्व सचिव सेसकान्त भुषाल ,किष्ण प्रसाद भण्डारी ,पुर्व काेषाध्यक्ष जगरनाथ भुषाल ,सचिव भिम भन्डारी ,भुपेन्द्र भट्टराई ,युनिक याेद्धा ,सुभाखर भण्डारी लगाएतकाे सहभागीता रहेको थियाे ।
सगरमाथा युवा क्लबले गर्याे विपन्न परिवारलाई राहत बितरण