देवचुली, एलिना केसी,श्रावण ३०। देवचुली नगरपालिका वडा नं १५ को कार्य सम्पादन अब आफ्नै वडाबाट हुने भएको छ । शुक्रबार सामाजिक दुरी कायम गर्दै एक कार्यक्रमको आयोजना गरि वडाको कार्यालय भवन उद्धघाटन गरिएको छ । देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठले भवनको समुद्धघाटन गरेका हुन । वडा भवन समुद्धघाटनमा रिबन काटेपछि सेवाग्राहीको कार्य सम्पादन गरि सेवा शुभारम्भ गरिएको थियो । उक्त कार्यक्रमको अध्यक्षता देवचुली नगरपालिका वडा नं १५ का वडाध्यक्ष हरिभक्त भट्टराईले गरेका थिए भने प्रमुख आतिथि देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठ रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले वडा नं १५ का वडावासीलाई अब आनै ठाउँबाट कार्य सम्पादन गर्न सजिलो हुने बताउँदै वडा नं १५ कृषिमा सम्भावना बोकेको वडा भएकाले यसका लागि बजेट विनियोजन गर्ने समेत बताए । यस्तै विशिष्ट अतिथी देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले समग्र देवचुली नगरपालिकालाई विकास गर्नका लागि आफुहरु अगाडी बढेको बताउँदै देवचुलीका हरेक क्षेत्रका घरमा बत्ती र पानी पुग्ने बताइन । कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले देवचुली नगरपालिका वडा नं १५ मा रहेको बेसार खेतीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सकिने बताए । उक्त कार्यक्रममा देवचुली नगरपालिका वडा नं १३ का वडाध्यक्ष एवम प्रवक्ता क्याप्टेन डिल बहादुर खत्रीको बिशेष आतिथ्तयता रहेको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका व्यक्ति, राजनितिक दलका व्यक्ति, वडाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण कार्यपालिका सदस्य एवम वडा सदस्य माया सुवेदीले गरेकि थिइन ।
देवचुली १५ को कार्य सम्पादन अब आफ्नै वडाबाट