रुपन्देही । रुपन्देहीमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीको दैनिक कोरोना (कोभिड १९) संक्रमित प्रतिवेदन अनुसार जिल्लामा १५ पुरुष र ४ महिला गरि १९ जना संक्रमित थपिएका हुन् ।
मंगलबार थपिएका १९ जना संक्रमितसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ४८ पुगेको छ ।
आज थपिएका संक्रमितहरुमध्ये बुटवल उपमहानगरपालिकाका ३ पुरुष र २ महिला गरि ५ जना रहेका छन् । त्यस्तै सिद्धार्थनगर नगरपालिकामा ३ पुरुष, सैनामैना नगरपालिकामा १ पुरुष, तिलोत्तमा नगरपालिकामा २ महिला र २ पुरुष गरि ४ जना, ओमसतिया गाउँपालिकामा १ जना र रोहिणी गाउँपालिकामा ५ जना संक्रमित थपिएको स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ ।
संक्रमण पुष्टि भएका मध्ये ६ सय ५८ जना संक्रमण मुक्त भएका छन् भने ६ सय ७६ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । त्यस्तै अहिलेसम्म जिल्लामा कोरोना संक्रमणको कारण १४ जनाको मृत्यु भएको छ ।