पोखरा, २३ भदौ । पोखरा महानगरपालिकामा ३१ जना सहित मंगलबार गण्डकी प्रदेशमा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालमा भएको परीक्षणमा कास्कीका ३१ जना, नलपुरका ६ जना, गोरखाका १० जना, बागलुङमा ९ जना र तनहुँका ३ जना गरी ५९ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । कास्कीको पोखरामा २१ जना महिला र १० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये पोखरा फूड्स प्रालिमा कार्यरत २४ जना कर्मचारी रहेका छन् भने १ जना अस्पतालका चिकित्सक र एक जना गण्डकी मेडिकल कलेजमा उपचाररत विरामी रहेका छन् । त्यसै गरी तनहुँको आर्बुखैरनीका तीन जना, बागलुङको तमानखोलाका ९ जना, नवलपुका गैंडाकोटका ६ जना, गोरखाको गोरखाका ३ जना बरपाक सुलिकोटका ३ जना, भीमसेनथा र सिरानचोकका एक एक जनामा कोरोना देखिएको शर्माले बताए । यो सगँ गण्डकी प्रदेशमा २ हजार ६ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकीमा अहिले सम्म १ हजार ७ सय ९७ जनामा निको भएर घर फर्किएका छन् भने २० जनाको मृत्यु भएको छ ।
पोखरामा चिकित्सक , विरामी र उद्योगका कर्मचारी सहित ३१ जनामा कोरोना संक्रमण