भदौ २३, चोरमारा । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल दोहोर्याउन माग गर्दै मध्यबिन्दु ७ चोरमाराका युवाहरुले शान्ती पुर्ण र्यालि निकालेका छन । लोडसेडिङ अन्त्य गर्न प्रमुख भूमिका निभाएका घिसिङलाइ पुन सोही पदमा नै नियुक्ति गरिनुपर्ने भन्दै दबाब मुलक शान्ती पुर्ण र्याली निकालेका हुन् । चोरमारका सक्रिय युवाहरुको साथमा सामाजिक दुरी कायम गरि पर्चा पप्लेट बोकेर र्याली निकालिएको स्थानिय युवा सुरेश कुमालले जानकारी दिए । जनअपेक्षा अनुसारको कार्य गरेका घिसिङको कार्यकाल नदोहोर्ए अबस्था झन जटिल बन्न सक्ने भन्दै कुमालले पुन: नियुक्ती गर्नुपर्ने माग गरे । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदैछ । २०७३ सालको भदौ २९ गते नियुक्त भएका कुलमानले कुशल व्यवस्थापनमार्फत नेपालमा लोडसेडिङ अन्त्य गरेपछि प्रशंसा सुरु भएको थियो । नेपाल विद्युत् प्राधिकरणलाई नाफामा लैजाने कार्यले प्रशंसा झन थपिएको थियो । उनको कार्यकाल सकिनै लाग्दा दोस्रो कार्यकाल पनि प्राधिकरणमा घिसिङलाईनै दोहो¥याउनुपर्छ भन्ने माग उठिरहेको छ । चोरमारामा बजार नै परिक्रमा गरेको टोलिमा चोरमाराका सक्रिय युवाहरुको सहभागीता रहेको थियो ।
कुलमान घिसिङको कार्यकाल दोहोर्याउन माग गर्दै चोरमारामा शान्तिपूर्ण कार्यक्रम