कावासोती ,भाद्र २२। नवलपुरका युवाहरुले विभिन्न सामाजिक संस्थाहरुको सहकार्यमा ३ दिन देखि संचालन गरिरहेको फुड बैंक अत्यन्तै प्रभावकारी भएपछि अब फुड बैक सङ्गै मास्क बैंक पनि संचालन हुने भएको छ।महाअभियान हरेक दिन एक मुठ्ठी दान,JCI नवलपुर,हेल्प अर्गानाइजेसन ,ड्याड नेपालको संयुक्त आयोजना तथा कोइलापानी पोलस्टार क्लब,हाम्रो संसार ,नेपाल रेडक्रस सोसाइटी कावासोती शाखाको सहकार्यमा संचालन भैरहेको फुड बैंकले विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराएको भएपनी कतिपयले मास्क समेत किन्न नसकेपछी उनिहरुलाइ स्वास्थ सुरक्षा सतर्कता अपनाउन सहज होस र संक्रमण जोखिम कम होस भन्ने उद्देश्यले मास्क बैंकको सुरुआत गर्न लागिएको संयोजक किरण भुर्तेलले जानकारी दिए। मास्क बैंकमा मास्क सेनिटाइजर लगायतका स्वास्थ सामाग्री राखिनेछ।मास्क किन्न आर्थिक अभाव हुने हरुले मास्क लिएर जाने र आर्थिक रुपमा सबलहरुले मास्क सहयोग गर्न सक्ने आयोजक संस्था JCI नवलपुरका अध्यक्ष नारायण प्रसाद न्यौपानेले बताए।मास्क बैंक पनि फुड बैंक जस्तै कावासोतिको फलफुल चोकमा दिउसो १ बजे देखि ३ बजेसम्म निरन्तर संचालन हुने आयोजकहरुले बताएका छन।
कावासोतिमा फुड बैंक सङ्गै मास्क बैंक पनि संचालन हुदै