नवलपुर,भाद्र २१। नवलपुरको स्थानीय तह हुप्सेकोट गाउपालिका वडा न ५ को रुद्रपुरमा स्वास्थ चौकी स्थापना गरिएको छ। गाउपालिकाका हरेक वडामा रहेका जनताहरुले आफुलाइ सहज हुने र पायक पर्ने ठाउमा स्वास्थ सेवा प्राप्त गरून भन्ने उद्देश्यले प्रत्येक वडामा स्वास्थचौकी स्थापना गरि संचालन गर्ने अभियान अन्तर्गत स्वास्थ चौकी स्थापना गरिएको हो।हिजो गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डेले स्वास्थ चौकी उद्दघाटन गर्दै संघीयताले बोकेको गाउँ- गाउमा सिंघ दरबार भन्य नारालाइ सार्थक पार्न, स्थानीयको दैलोमा स्वास्थ सेवा पुर्याउने उद्देश्यले स्वास्थचौकी संचालन हुन लागेको भन्दै यस्ले पक्कै पनि संम्बन्धित वडाका बासिन्दाहरुलाइ सामान्य स्वास्थ समस्यामा पनि टाढा जानपर्ने वाध्यात्मक परिस्थितिको अन्त्य हुने विश्वास व्यक्त गरिन।
कार्यक्रममा विशेष अतिथी जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले स्थानीय सरकारले चालेको कदम सकारात्मक र प्रभावकारी भएको भन्दै सफल संचालनको शुभकामना दिए। स्वास्थ चौकी स्थापना सङ्गै संचालनमा पनि आएको छ।गाउपालिकाले विस्तारै पालिका अन्तर्गतका सबै वडाहरुमा स्वास्थ चौकी स्थापना गरि संचालन ल्याउने तयारी भैरहेको पनि गाउपालिकाले जानकारी दिएको छ।
हुप्सेकोटको रुद्रपुरमा स्वास्थ चौकी स्थापना