कावासाेती ,२० भदाै । नेपाली काँग्रेसका सांसद एवम् अर्बपति विनोद चौधरी कोरोनाभाइरस संक्रमणबाट मुक्त भएका छन्। १० दिनको होम आइसोलेसनपछि चौधरीले कोरोना जितेका हुन् १२ भदौमा कोरोना संक्रमित भएका चौधरीले शनिबार कोरोना संक्रमणबाट मुक्त भएको सामाजिक सञ्जालमार्फत जानकारी दिए । उनले फेसबुकमा लेखेका छन्, '१० दिनसम्मको एकान्तबासमा तपाईंहरुको माया र ऊर्जाले ठूलो हौसला दियो। त्यही ऊर्जाकै कारण कोरोना संक्रमणबाट मुक्त भएको छु । मैले जीवनमा तपाईंहरु जस्ता आफन्त, इष्ट मित्र, साथी भाइ र शुभेच्छुक कमाएको रहेछु। यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु।'
अर्बपति विनोद चौधरी कोरोनामुक्त