कावासोती । नवलपुरको कावासोतीमा रहेको समता शिक्षा निकेतनमा विद्यार्थीको भर्ना ह्वात्तै बढेको छ।सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको समतामा यो वर्ष समुदायको विश्वास झनै बलियो देखिएको छ। शिक्षा क्षेत्रमा उल्लेखनीय पहिचान बनाउँदै आएको समता शिक्षा निकेतन कावासोतीमा यो शैक्षिक सत्रमा नयाँ भर्नामा उत्साहजनक वृद्धि भएको हो ।
नया शैक्षिक सत्रको लागि वैशाख १४ गते सम्ममा मात्रै २३२ जना विद्यार्थीको नयाँ भर्ना भैसकेको र भर्ना हुने क्रम निरन्तर रहेको समता शिक्षा निकेतन कावासोतीका प्रिन्सिपल महेश भुर्तेलले जानकारी दिएका छन। यो वर्ष थप सेवा सुबिधा सहित सिकाइमैत्री बाताबरणमा कक्षा संचालन गर्न लागिएको तथा विगतमा पनि सस्तो शुल्कमा उत्कृष्ट नतिजा दिन सफल भएकोले अभिभावकको आकर्षक बढेको बताउदै थप जिम्मेवार भएर काम गर्नुपर्ने दायित्व थपिएको आफुले महसुस गरेको प्रीन्सिपल भुर्तेलले बताए।
नया भवनबाट सेवा प्रवाह गर्दै आएको समताले यो वर्ष संरचनामा पनि व्यापक परिवर्तन गरेको छ।एसि सहितको कक्षाकोठा,आवतजावतका लागि गाडी ,गुणस्तरीय तथा प्रभावकारी ल्याब ,स्वास्थमैत्री क्यान्टिन लगायतका समय सापेक्ष तथा अत्याधुनिक सुबिधाहरु ,सस्तो शुल्कले समतालाई अरु विद्यालय भन्दा फरक महसुस गराएको छ।कम पैसामै गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजा दिन सफल समता समुदायको विश्वास जित्दै एउटा उदाहरणीय विद्यालयको रुपमा अगाडी बढिरहेको छ ।