कृष्ण पौडेल, जापान ।
पछिल्लो समय नेपाली संगीत क्षेत्रमा नयाँ बाल गायक गायिकाको दोहोरी एल्बमका गीतहरु धमाधम युट्युब च्यानलमा आउन थालेको छ। नेपालमा मिडियाको माध्यमबाट थुप्रै नयाँ बाल गायक गायिकाहरूको गीत सुन्न र हेर्न पाइन्छ। यहि बीचमा भर्खरै मात्र इन्द्रेणीको माध्यमबाट भाइरल बनेका गुल्मीको कालीगण्डकी-२ अर्वेनिका नवीन सुनार छोटो समयमा भाइरल हुन पुगेका छन्।
गुल्मी हर्मीचौर अर्बेनि को हौरे बोलको गीत अहिले बजार तताइरहेको छ l विगत केही समयदेखि जापानलाई कर्मथलो बनाएका विशाल क्षेत्रीको लय शब्द रहेको उक्त गीतलाई नवीन सुनार र कल्पना बिष्टले स्वर दिएका छन भने गुल्मीकै धेरै साथीहरूको सहयोग रहेको गीत एम थापा मगरले एरेन्ज गरेका छन। गीतलाई विभिन्न पाटोबाट विभिन्न व्यक्तिहरूले सहयोग गरेका छन।
गीतले राम्रो सफलता पाउनेमा विश्वस्त रहेको उक्त का सर्जक विशाल क्षेत्री बताउछ्न। कालीगण्डकी गाउँपालिकासँगै विश्वकै ठूलो शिलाशालिग्राम लाई पनि यो गीतले प्रचार गरेको छ। गीत विशाल क्षेत्रीको युट्युब च्यानल मार्फत बजारमा सार्वजनिक भएको हो।गित सुन्न र हेर्नको लागि तल दिएको युटुब लिंकमा जान सकिन्छ। https://youtu.be/qImhxKVEcoc?si=8MXGPtEJJz6OwriD