कावासोती , चैत्र १७। कावासोती २ मा रहेको पुरानो सहकारी शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्थाले सुरु गरेको सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सेवा क्षेत्रका सबै वडामा सम्पन्न भएको छ।कावासोती ३ मा रहेको राममन्दिरमा हिजो अन्तिम कार्यक्रम सम्पन्न भएसंगै सहकारीले आफ्नो सबै सेवा क्षेत्र भित्र रहेका वडामा सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।
कावासोती ३ मा रहेका संस्थाका विभिन्न समुहहरुको महिलाहरुलाइ साक्षरता प्रशिक्षण गरिएको हो।संस्थाको अध्यक्ष गिता देवि अर्यालको अध्यक्षता तथा कावासोती ३ का वडाध्यक्ष डोरमान गिरिको प्रमुख आतिथ्यमा सम्पन्न भएको तालिममा गण्डकी स्किल लर्निङ्ग एकेडेमीमा प्रशिक्षक किरण भुर्तेलले सहजीकरण गरेका थिए ।शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारीले आयोजना गरेको कार्यक्रमको सहजीकरण गण्डकी स्किल लर्निङ्ग एकेडेमी कावासोतिले गरेको थियो।
संस्थाका बचतकर्ता तथा सेयर सदस्यहरुलाइ सहकारीको बारेमा विविध जानकारी दिन तथा कसरी बजेट निर्माण गर्ने ,लगानि कसरी गर्ने ,ऋण व्यवस्थापन कसरी गर्ने ,बचत कसरी गर्ने र यस्का फाइदा के के छन भन्ने कुरा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष अर्यालले बताउनु भयो।
संस्थाको सचीवले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष तुलसी देवि खनालले स्वागत मन्तव्य राखेकी थिइन।कार्यक्रममा संस्थाको सल्लाहकार ,कोषाध्यक्ष राजकुमारी काफ्ले लगायतको उपस्थिति रहेको थियो।संस्थाले फागुन २८ गतेबाट कावासोती १ बाट कार्यक्रमको सुरुवात गरेर क्रमश वडा न ६,५ ,४ २ र वडा न ३ गरि सबै ६ वटा वडामा कार्यक्रम सम्पन्न गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।
सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न