चैत्र २० ,कावासोती । नेपाली काँग्रेस कावासोती नगर कार्यसमितिको आयोजनामा तीन दिने उद्वघोषण कला तथा नेतृत्व विकास तालिम कार्यक्रम आजबाट सुरु भएको छ।कावासोती २ विपि चोकमा रहेको विपि स्मृति भवनमा आज सुरु भएको तालिममा कावासोती नगरपालिकाका १७ वटै वडाका महिलाहरुको सहभागीता रहेको थियो।
नगर कार्यसमितिका सभापति शालिकराम ढकालको अध्यक्षता भएको उद्वघाटन सत्रका प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसि रहेका थिए।कार्यक्रममा बोल्दै जिसिले महिलाहरु नेतृत्व विकास अत्यन्तै अपरिहार्य रहेको भन्दै पार्टीले आगामि दिनमा समेत यस्ता कार्यक्रम गर्ने बताए।
नगर सचिब झपिन्द्र काफ्लेले संचालन गरेको कार्यक्रममा नगर उपसभापति गोमा खण्डलुकले स्वागत मन्तव्य रहेको थियो भने आजको तालिममा सहजीकरण कार्यक्रम संयोजक भोजराज भुर्तेल किरण र आरसी भट्टराईले गरेको सभापति शालिकराम ढकालले जानकारी दिएका छन।तालिम २२ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ।उद्वघाटन सत्रमा नेपाली काँग्रेस जिल्ला उपसभापति चन्द्रबहादुर राना,जिल्ला सचीव महेन्द्र पोख्रेल ,जिल्ला सह-सचीव राजेश पौडेल ,क्षेत्रीय सभापति अमृत भट्टचन,प्रदेश कार्यसमिति सभापति हेम प्रसाद पाण्डे ,नेपाल माहिला संघ जिल्ला सभापति सरस्वती तिमिल्सिना लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। 