नवलपुर। चर्चित कार्यक्रम प्रस्तोता तथा गायक संजय देवकोटाको पहिलो गित ‘कुरा बुझिदेउ न’ सार्वजनिक भएको छ । डिटिएम मिडियाको अफिसियल च्यानलबाट बिहीवार युट्युबमार्फत र कावासोतीको सिनेमा हल कावासोती सिने म्याक्समा प्रिमियम शो गरेर गित सार्वजनिक गरिएको हो ।
९ मिनेट ३७ सेकेन्ड लामो गितमा श्रीधर अधिकारीको शब्द तथा संगीत रहेको छ भने स्वर गायक संजय देवकोटा र गायिका ऐलिना चौहानको रहेको छ । एचबिएन किस्मतको संगीत संयोजन रहेको गितको निर्देशन संजय विश्वकर्माले गरे भने अर्जुन कंडेलले सहनिर्देशन गरेका छन । गितको छायांकन सुरेश काफ्ले र आरडि दुलालले गरेका हुन् । यो गितको छायांकन नवलपुर र चितवनका विभिन्न स्थानमा गरिएको हो ।
गायक संजय देवकोटाले गितमा मोडलिङ पनि गरेका छन् । गायक तथा मोडल दुर्गेश थापा, संचिता बोलाके, प्रिंसिका श्रेष्ठले पनि गितमा मोडलिङ गरेका छन् ।गितको प्रीमियर भव्य कार्यक्रमको आयोजना गरि गरिएको थियो।गित डिटिएम मिडियाको अफिसियल युटुब च्यानलमा गएर हेर्न सकिन्छ ।
गित हेर्नको लागि तलको लिन्कमा जानुहोला https://youtu.be/oZT0VvIhpjw?si=EPHel6ESZeNWSits