कावासोती ,असोज १६। कावासोती नगरपालिका वडा न ६ मा रहेको दुर्गा भवानी मन्दिरको आयोजना तथा विश्व हिन्दु महासंघ नवलपुरको सह-आयोजनामा भोलि १७ गतेदेखी श्रीमद्व देवि भागवत महायज्ञ संचालन हुने भएको छ।
विगतका वर्षहरुमा पनि नवदुर्गाको अवसरमा यज्ञ संचालन गरिएको र यो वर्ष पनि थप बृहत् तथा पृथक ढङ्गबाट महायज्ञ संचालन गर्न लागिएको महायज्ञ मुल आयोजक समारोह समितिका संयोजक दुर्गा प्रसाद गौडेलले जानकारी दिए।भोलि असोज १७ गतेबाट सुरु भएर २५ गते सम्पन्न हुने महायज्ञमा दैनिक पुजा आरती देवि भागवत बाचन,भजन किर्तन लगायतका गतिविधी संचालन गरिने संयोजक गौडेलले जानकारी दिएका छन ।
भोलिदेखी ९ दिन सम्म संचालन हुने महायज्ञमा दैनिक जसो फरक भजन समुहबाट भजन किर्तन गराउने तयारी भैरहेको भन्दै धेरै भन्दा धेरै समुहलाइ भजन किर्तन कार्यक्रममा र आम हिन्दु धर्मावलम्बीलाई यज्ञमा सहभागी हुन भजन किर्तन संयोजक तथा विश्व हिन्दु महासंघ नेपाल ,कावासोती नगर अध्यक्ष आनन्द चापागाइले अनुरोध समेत गरेका छन।