कावासोती ,नवलपुर । नवलपुरको कावासोतीमा स्थापना भएर जिल्लाका हरेक ठाउमा विभिन्न किसिमका तालिम तथा प्रशिक्षण दिदै आएको गण्डकी स्किल लर्निङ्ग एकेडमी एण्ड ट्रेनिङ सेन्टरले अब हरेक शनिबार निशुल्क तालिम संचालन गर्ने भएको छ।संस्थाले महिला ,बालबालिका तथा युवाहरुलाइ लक्षीत गरि निशुल्क तालिम संचालन गर्न लागेको कार्यक्रम संयोजक पुर्ण अस्लामिले जानकारी दिएका छ्न।
कावासोती ८ सभापति चोकमा बैशाख १२ गते सुरु भएर निरन्तर कावासोती तथा दलदलेबाट सेवा प्रवाह गर्दै आएको संस्थाले अब हरेक शनिवार निशुल्क रुपमा प्रभावकारी उद्वघोषण कला,भाषण कला,हस्तलेखन सुधार तालिम निशुल्क रुपमा प्रदान गर्ने योजना बनाएको संस्थाका प्रमुख किरण भुर्तेलले जानकारी दिएका छन।
विभिन्न संस्थाहरुको नेतृत्व गर्ने व्यक्तिहरुमा नेतृत्व क्षमता विकाश गराउने ,उद्वघोषण कला ,भाषण शैली प्रभावकारी गराउने कला लगायतका विषय समेटेर पहिलो चरणमा विभिन्न व्यक्तित्व विकाशका तालिम संचालन गर्दै आएको एकेडेमिले भदौबाट विभिन्न विद्यालय,कलेज तथा संघ संस्थाहरु संग समन्वय गरि तालिमहरु संचालन गर्न लागेको भुर्तेलले जानकारी दिएका छ्न।