कावासोती ,बैशाख १३। नवलपुर प्रीमियर लिग क्रीकेट प्रतियोगिता भोलिबाट सुरु हुने भएको छ।गैडाकोट स्पोर्ट्सको आयोजना तथा रोयल क्रीकेट एकेडेमी देवचुलिको व्यवस्थापनमा संचालन हुन गैरहेको प्रतियोगितामा नवलपुरका ५ टिम सहभागी हुदैछन।
नवलपुरका विभिन्न स्थानमा रहेर क्रीकेट खेल्दै आएका खेलाडीहरुलाई छनोट गरि ५ टिम तयार पारिएको प्रतियोगितामा सबै टिमले ४-४ खेल खेल्ने र अंकतालिकामा शिर्ष २ स्थानमा पुग्ने टिमका विचमा फाइनल खेल खेलाइने प्रतियोगिताका संयोजक विवेक न्यौपानेले जानकारी दिएका छन।प्रतियोगितामा मौलाकालिका वारियर्स,कावासोती सुपर किङ्ग्स ,रोयल अमरापुरी ,गैंडाकोट विस्ट वार्ड १७ र नवलपुर नाइट राइडर्स टिम सहभागी रहेका छन।
प्रतियोगितामा प्रथम हुने टिमले ६५ हजार,द्वितीयले ५० हजार नगद सहित मेडल ट्रफी प्राप्त गर्नेछन।प्रतियोगिताको भोलिको उद्वघाटन खेलमा विहान रोयल अमरापुरी र नवलपुर नाइट राइडर्स भिड्नेछन भने दोस्रो खेल कावासोती सुपर किङ्स र मौलाकालिका वारियर्सका विचमा हुने संयोजक न्यौपानेले बताए।