पोखरा ,बैशाख ९ ।
जननि फर्टीलीटी क्लिनिक प्रा लि , पुल्चोक, ललितपुरको डाइरेक्टर तथा नि: सन्तानपन रोग विशेषज्ञ डा. सुमि मुनंकर्मी पोखरा आउनु हुने भएको छ।बैशाखको १४ र १५ गते पोखरामा आयोजना हुन गैरहेको प्रजनन स्वास्थ क्याम्पमा विरामिहरुलाइ परिक्षण गर्न डा सुमि पोखारा आउने कार्यक्रम तय भएको हो।
खासगरी लामो समयसम्म सन्तान प्राप्त गर्न नसकेका दम्पतिहरुलाइ शिविर अत्यन्तै लाभदायक हुनेछ। शिविरमा नि:सन्तानपन सम्बन्धी समस्या भएका (महिला र पुरुष दुवै) ,गर्भावस्था सम्बन्धी समस्या भएका,बारम्बार गर्भ खेर जाने समस्या भएका , महिनावारी गडबडी हुने समस्या भएका , स्त्री तथा प्रसूति सम्बन्धी सम्पूर्ण समस्या भएका महिलाहरुले सहभागी भएर लाभ उठाउन सक्ने कुरा जननि फर्टिलिटी क्लीनिकका प्रवन्धक डा संदेश मैनालिले बताउनु भयो।
शिविर पोखराको पृथ्वी चोकमा रहेको गण्डकी हेल्थ केयरमा संचालन हुनेछ।शिवर आगामी दिनमा देशका अन्य ठाउमा पनि संचालन गर्ने योजना रहेको मैनालिले जानकारी दिनुभएको छ।