नवलपुर,चैत्र ८। नवलपुरको मध्यविन्दु नगरपालिका वडा न ११ दमारमा सवारी दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । दमारबाट तमासपुर जादै गरेको लु ७६ प १६२१ नं. को मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुदा मध्यविन्दु-११ का ३० वर्षीय अनिल बिकको मृत्यु भएको हो भने एकजना घाइते भएका छन ।
राति करिब १२:४५ बजे मोटरसाइकल दुर्घटना भएकोमा उनलाई मध्यविन्दु जिल्ला अस्पतालले १ बजेर १५ मिनेट जादा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता डिएसपी बेद बहादुर पौडेलले जानकारी दिएका छन।
तिन जना सवार बाइक दुर्घटनामा घाइते भएका अजय ठकुरिलाइ सामान्री उपचार पश्चात् चितवन रिफर गरिएको र अर्को चालक २८ वर्षीय कृष्ण बहादुर विकलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको पौडेलले बताए।