कावासोती ,फागुन २९। नवलपुरको कावासोतीमा रहेको कावासोती इष्टिच्युट अफ हस्पिटालिटीले आयोजना गरेको कुलिनरी आर्ट प्रतियोगितामा कावासोती–८ मा रहेको लुम्बिनी आदर्श डिग्री कलेज पहिलो भएको छ । प्रतियोगितामा दोस्रो स्थान कावासोती २ मा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसले हासिल गरेको छ ।
प्रतियोगितामा प्रथम, द्वितीयलाई नगद,किचन सामाग्री , मायाको चिनोले सम्मान गरिएको थियो। किचन डिपार्टमेन्ट अन्तर्गत पर्ने कुलिनरी आर्टको प्रतियोगिता नवलपुर जिल्लामा पहिको पटक आयोजना गरिएको हो । नवलपुरमा होटल व्यवस्थापन पढाइ हुने विभिन्न ७ वटा शैक्षिक संस्थाहरु सहभागी भएको प्रतियोगिता नक आउट चरणमा खेलाईएको थियो ।
संस्थाका प्रबन्धक कृष्ण कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती नगरपालिका उपप्रमुख फुलकुमारी थनेतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कावासोती वडा नं ३ का वडाध्यक्ष डोरमान गिरी, न्यायिक समिती सदस्य बसन्ती कुवंर केसी लगायतको विशेष आतिथ्य रहेको थियो ।
प्रतियोगाीताको निर्णायकको रुपमा एक्जुकेटिभ सेफ एवं कुकिङ्ग मुल्याकंनकर्ता रमेश कुमार श्रेष्ठ र सिटिईभिटी होटेल मेनेजेन्टका प्रमुख प्रशिक्षक एवं राष्ट्रिय सीप परीक्षण समितीका हस्पिटालिटी क्षेत्रका मुल्यांकनकर्ता कमल प्रसाद पुडासैनी रहेका थिए।