प्रिन्स मिश्रा , कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिका द्वारा कोरोना संक्रमण रहेको नरहेको पत्ता लगाउन स्वाब संकलन गरेको छ । कृष्णनगर नगरपालिका द्वारा बढी जनसम्पर्कमा रहेका व्यापारी, उद्योगी व्यवसायी, हाल सालै भारत लगायत अन्य मुलुकबाट आएका व्यक्तिहरु, कोरोना भाइरस सँग मिल्दो जुल्दो लक्षण देखिएका संकास्पद व्यक्तिहरु, पत्रकार , र नगरपालिकाका कर्मचारीहरु सहित ११६ जनाको स्वाब संकलन गरिएकोे नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख शंकर भट्टराईले जानकारी दिए । स्वाब भने कृष्णनगर नगरपालिकामा संकलन गरिएको थियो l संकलन गरिएको स्वाब परिक्षणका लागि कोरोना अस्पताल भैरहवा पठाइएको स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराईले जानकारी दिए।
कृष्णनगरमा दुई पत्रकार सहित ११६ जनाको स्वाब संकलन