कावासोती ,फागुन १९। मेन्टर कप क्रीकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल भएका छन आजको पहिलो खेल कुमारवर्ती स्वयियु र बाघखोर युवा क्लबका विचमा भएको थियो भने दोस्रो खेल लक्ष्मी युथ क्लब देवचुली र डण्डा बजार विकास समितिका विचमा भएको थियो।
पहिलो खेलमा कुमारवर्ती स्वयियुले बाघखोर युवा क्लबलाइ ६० रनले पराजित गर्दै क्वाटारफाइनलमा स्थान पक्का गर्यो भने दोस्रो खेलमा डण्डालाइ ६८ रनले पराजित गर्दै लक्ष्मि युवा क्लब देवचुली १२ ले क्वाटरफाइन प्रवेश गरेको छ।
प्रतियोगिताको क्वाटरफाइनल खेल भोलि बाट सुरु हुदैछ ।प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा भोलि ३ बजे कुमारवर्ती कलेजको खेल मैदानमा मिची एजुकेसन र हन्टर हिटलर हटेला गैंडाकोटको विचमा हुने प्रतियोगिताका संयोजक किरण भुर्तेलले जानकारी दिएका छन।