नेविसंघ लुम्बिनी कलेजको इकाइ समिति निर्विरोध गठन भएको छ।आज विहान लुम्बिनी कलेजमा सम्पन्न अधिवेशनबाट प्रज्वल क्षेत्री अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो।
नेविसंघ लुम्बिनी कलेज एकाइ सभापती हुमन पाण्डेको अध्यक्षता सम्पन्न अधिवेशनले सभापतिमा प्रज्वल क्षेत्री,उपसभापतिमा क्रमश अजय रणपाल,मनिता भुसाल ,सचिन न्यौपाने र किरण सारु मगरलाइ चयन गरेको हो।नव निर्वाचित समितिको सचिवमा विनिता पोखरेल,सहसचिवमा सुबिना भट्टराई निरज सुवेदी ,कोषाध्यक्षमा साहिल केसि र सहकोषाध्यक्षमा रचना रानाभाट सर्वसहमत भएका छन।
नेविसंघ नवलपुरका सभापति हरि सुवेदिको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा नेविसंघका जिल्ला नगर तथा विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारीको उपस्थिति रहेको नेविसंघ कावासोती नगर सभापति कुमार क्षेत्रीले जानकारी दिएका छन।