कावासोती,नवलपुर । नवलपुरको कावासोतिमा जारी मेन्टर कपको तेस्रो दिनको खेल सोमबार कुमारवर्ती कलेजको खेल मैदानमा सम्पन्न भएको छ।लक्ष्मी युवा क्लब देवचुली र चोरमारा युवा क्लब चोरमाराको बिचमा भएको खेलमा लक्ष्मी युवा क्लवले ८३ रनले नतिजा आफ्नो पक्षमा पार्दै दोस्रो चरणमा प्रवेश गरेको छ। पहिलो ब्याटिङ गर्दै देवचुलिले जग्गु क्षेत्रीको अर्ध सतकिय पारीको मदतले ६ विकेटको क्षतिमा १८९ रनको विशाल योगफल तयार पारेको थियो।
१९० रनको विशाल विजय लक्ष्य लिएर मैदानमा उत्रीएको चोरमारा युवा क्लबले पूरा ओभर खेल्दै ४ विकेटको क्षतिमा १०६ मात्रै बनाउन सफल भयो।चोरमाराको लागि बिनय आचार्यले ३४ बलमा ५६ रनको अर्ध सतकिय पारी खेलेपनी जितका लागि त्यो प्रयाप्त हुन सकेन।खेलको म्यान अफ द म्याच १८ बलमा ४७ रनको आक्रमक पारि खेलेका लक्ष्मिका कप्तान विलोम थापा चुनिए।
प्रतियोगिता अन्तर्गत आज तीन खेल खेलाइने भएको छ।आज विहान ८:३० मा हुने खेलमा राइनो लेक व्यायज कावासोती र आयोजक बि टिम ,दिउँसो १२:३० मा हुने खेलमा समावेशी युवा क्लब देवचुली र बाघखोर युवा क्लब चोरमारा र ३ बजे हुने खेलमा डण्डा बजार बिकास समिती र कावासोती सुपर किङ्ग भिड्न लागेको प्रतियोगिता संयोजक किरण भुर्तेलले जानकारी दिएका छन।