किरण भुर्तेल ,फागुन १२, कावासोती ।
प्रथम मेन्टर कप खुल्ला क्रीकेट प्रतियोगिता कावासोतिमा आजबाट सुरु भएको छ।२० टिम सहभागी रहेको प्रतियोगितामा आज दुई खेल सम्पन्न भएको छ।
प्रतियोगिताको पहिलो खेलमा रजहर क्रीकेट क्लबले मुकुन्दशेन युवा क्लबलाइ ४३ रनको अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको छ। पहिलो ब्याटिङ गर्दै १८९ रनको विशाल योगफल तयार पारेको रजहरले मुकुन्दशेन युवा क्लबलाइ १४६ रनमै अल आउट पार्न सफल भएको थियो।रजहरका लागि २७ बलमा ७९ रनको आक्रमक पारी खेलेका कुनाल बस्नेत म्यान अफ द म्याच घोषित भए।रजहरका लागि रिजन काफ्लेले २५ बलमा ६३ रन प्रहार गरे भने वलिङ तर्फ सुदिप अर्यालले ३ ओभरमा १७ रन खर्चेर ४ विकेट लिएका थिए।
त्यस्तै आजै भएको दोस्रो खेलमा आयोजक टिम मेन्टर एजुकेशन कावासोतिले सनराइज युवा क्लब अमरापुरिलाइ २४ रनले पराजित गरेको छ।हाइ स्कोरिङ खेलमा पहिले ब्याटिङ गर्दै मेन्टर एजुकेशनले दुई ब्याट्सम्यानको अर्ध शतकिय पारिको मद्दतले मात्रै २ विकेटको क्षतिमा १९० रनको विशाल योगफल तयार पार्यो।मेन्टरको लागि म्यान अफ द म्याच घोषित प्रवेश भण्डारिले २१ बलमा ५२ रनको नट आउट ,सुवास दवाडिले २० बलमा ५१ रन र विशाल रानाले ११ बलमा ३० रनको आक्रमक पारी खेलेका थिए।१९१ रनको लक्ष्य लिएर जवाफी व्याटिङ्गमा उत्रीएको सनराइजले पूरा ओभर खेल्दै एक विकेटको क्षतिमा १६६ रन मात्रै बनाउन सफल रह्यो।सनराइज युवा क्लबको एक मात्रै विकेट मेन्टर एजुकेशनका कप्तान सुजन सापकोटाले लिएका थिए।
प्रतियोगिताको उद्द्घाटन सत्र जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता तथा प्रतियोगिता संयोजक किरण भुर्तेलको अध्यक्षमा सम्पन्न भएको थियो।उद्द्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी विश्वकर्माले मेन्टर एजुकेशनको कदम सराहनीय भएको भन्दै सबैले खेलकुद विकाशमा सक्दो योगदान दिनु पर्नेमा जोड दिए।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुन,कावासोती ३ का वडाध्यक्ष डोरमान गिरि ,वडा न २ का वडाध्यक्ष शिव प्रसाद पाण्डे लगायतको उपस्थिती रहेको थियो। प्रमुख अतिथिले ब्याटिङ र सभाध्यक्षले बलिङ गरेर प्रतियोगिता उद्घाटन गरिएको उद्घाटन सत्रको अन्त्यमा बोल्दै सभाध्यक्ष भुर्तेलले मेन्टर कप प्रत्येक वर्ष आयोजना गरिने बताउदै उपस्थित सबैलाइ धन्यवाद ज्ञापन गरेका थिए।