फागुन ११ ,नवलपुर । नवलपुरमा मोटरसाइकल दुर्घटनामा परि एकजनाको निधन भएको छ । नवलपुरको देवचुली नगरपालिका १४ छत्तिसघरे स्थित भित्री सडक खण्डमा कुल एण्ड एलेन पेट्रोलपम्पबाट बाल्मिकी आवासीय विद्यालयतर्फ जाँदै गरेको बा ६९ प ९२३६ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
आज फागुन ११ गते राति ८ बजेतिर मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा हुदा गम्भीर घाइते भएका बाइक चालक कावासोती ११ कुडौली निवासी २५ बर्षीय सागर चौधरीको उपचारको क्रममा चितवनमा चितवन मेडिकल कलेजमा निधन भएको हो । देवचुली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि घाइते मोटरसाइकल चालकलाइ चितवन मेडिकल कलेज चितवन रिफर गरिएको थियो । उनको राति ९ः१० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिएका छन।मृतकको शव हाल अस्पतालमा रहेको र घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।