कावासोती ,मंसिर ५ । नवलपुरमा फेरि अर्को सवारी दुर्घटना भएको छ।कावासोती नगरपालिका वडा न १६ को पत्थर खोला नजिकै ट्रक र कार आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन।
विहान ७:३० बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु १३ च १०२४ नम्बरको कार र विपरित दिशा तर्फ जाँदै गरेको लु २ ख ५८०५ नम्बरको ट्रक आपसमा ठक्कर खादा दुर्घटना भएको र गम्भीर घाइते कार चालक ४५ बर्षका हरि सुधन श्रेष्ठलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको लागि लगिएकोमा ७ बजेर ४० मिनट जादा डक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी बेद बहादुर पौडेलले जानकारी दिएका छ्न।
घाइते २ जनाको अवस्था सामान्य रहेको तथा घटनाबारे थप अनुसन्धान भैरहेको पनि पौडेलले बताए।