अमृत भट्टराई / बिहादी,पर्वत । नेपाल कम्युनिस्ट पार्टी नेकपा बिहादी गाउँपालीका वडा नम्बर ५ उराममा वडा कमिटी बैठक सम्पन्न गरेको छ । लामो समयदेखि विश्वभर फैलिएको कोरोना भाइरस का कारणले बस्न नसकेको बैठक ५ महिना पछि बिहीबार उराम मा बसेको हो । बैठकले बिहादी गाउँपपालीकामा वर्षाको समयमा बाढी पहिरो बाट प्रभावित जनताको घरघरमा पुगेर जनताको समस्य बुझ्ने र पार्टीले सहयोग गर्ने कार्यहरू अगाडि बढाउने विषयमा छलफल भएको नेकपा पर्वतका सदस्य बिहादीका युवा नेता ऋषि भुसालले जानकारी दिए । पछिल्लो समय बिहादीमा नेकपा निकै सक्रिय भएर जनताको घरघरमा पुगेर जनताको गुनासो सुन्ने र सम्बन्धि निकायबाट समस्याको समाधान प्रयास गर्दै आएको पनि उनले बताए ।
नेकपा वडा कमिटी बैठक सम्पन्न