नवलपुर-
स्वदेशमै लपुरको देवचुलीमा खोलिएको नेपइन्डिया कम्पनीले वरिष्ठ संगितकर्मी तथा अमेरिकाका लागि नेपालका महावाणिज्यदूत प्रेमराजामहतलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ ।
स्वदेशमै स्वरोजगार बनौ भन्ने उद्देश्यले सुरुवाट गरिएको कम्पनीले बिजुलीका सामानहरु उत्पादन गर्दै आएको छ ।
कम्पनीले बिजुलीका प्लग, स्विच, एमसिबी, मोडुलर स्विचलगायत उत्पादन तथा बिक्री वितरण गर्दै आएको जनाएको छ ।
नेपइन्डियाका उत्पादन काठमाण्डौ चितवन, हेटौंडा,नेपालगन्ज, पोखरालगायत सहरमा बिक्रीवितरण हुँदै आएको छ ।
इलेक्ट्रिसियन र ग्राहकहरुको रोजाइ बन्दै आइरहेको नेपइन्डिया करिब ७ करोडको लगानीमा खुलेको कम्पनीले भविष्यमा देशका अन्य सहरमा मात्रै नभई विदेशमा पनि आफ्नो उत्पादन लैजाने योजनारहेको जनाएको छ ।
कम्पनी २०७६ सालमा स्थापना भएको हो ।
नेपालमै उत्पादन गर्ने कम्पनीसँग जोडिन पाउँदा आफू अत्यन्तै खुशी भएको संगीतकर्मी प्रेमराजा महतले बताए।