काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १३५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १३५९ जना कोरोना संक्रमित थपिएको बताएका हुन् ।
देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ६३८ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४४ हजार २३६ पुगेको छ । बितेको पछिल्लो २४ घण्टामा थप १३५४ जना डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ ।