नवलपुर-
आगामी मंसिर ४ मा हुन लागिरहेको निर्वाचनलाई लिएर नेपाली राजनैतिक दलहरुमा एक प्रकारको तरंग उत्पन्न भएको छ। बिशेष गरेर उम्मेदवारहरुको छनोट प्रकियमा नाताबाद, कृपाबाद, गुट-उपगुट, भाकबन्डा, सिफारिस जस्तो आरोप प्राय गरेर पुराना राजनैतिक दलहरुले खेपिरहेका हुन्छन। यस्तैमा भर्खर खोलिएको नया दल राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि त्यो परिपाटी बैस्तारै मौलाइरहेको राजनैतिक विश्लेषकहरु बताउछन। पार्टी नया खोलिए पनि पुरानै राजनितिक दलमा अवसर, सिट नपाएका कार्यकर्ताको भर्ती केन्द्र जस्तो देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि सभामा नवलपुर क्षेत्र नम्वर १ बाट सुरुमा प्रदेश सभापती ढाका कुमार श्रेष्ठ को उपस्थितीमा जिल्ला कमिटी द्वारा सिफारिस गरिएको युवा पत्रकार ध्रुव जंग थापाको नाम हटायर ए. ने.क.पा. माओवादीका देवचुली नगर सचिव राजन गौतमको नाम सिफारिस गरिएको छ। स्वच्छ छवी भएका युवा पत्रकार थापाको नाम हटायर माओवादी पार्टीमा लामो समय रहेका गौतमको नाम सिफारिस हुनुले धेरै संका,उपसंका,जिज्ञासाहरु उत्पन्न गरेको छ।यो घटनाले राष्ट्रिय स्वतन्त्र पार्टी नाम स्वतन्त्र भए पनि पुराना दलहरुकै कार्यकर्ताहरुको हावी हुन सक्ने र रविन्द्र मिश्रको पार्टी जस्तो असफल बन्न सक्ने बाटोमा अगाडी बढेको देखिन्छ।