नवलपरासी/ २४ भाद्र।
आगामी मङ्सिर ०४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशमा सबै पार्टीले आफ्नो उम्मेदवार सिफारिस गरे संगै राप्रपाले समेत पार्टीको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको सिफारिस गरेको छ । राप्रपाले सिफारिस गरिएको प्रदेश सभा सदस्य पदको उम्मेदवार ब्रह्मानन्द लोहारले प्रेस विव्यक्ति जारी गर्दै मेरो अनुमती र जानकारी बिना राप्रपाले मेरो नाम सिफारिस गरेकोमा आपत्ति सहित घोर भत्सर्ना गरेका छन्। उनका अनुसार "विभिन्न संचार मध्यमको श्रोत अनुसार राप्रपा नवलपरासीले उनको नाम समेत सिफारिस गरेको जानकारी पाउँदै आश्चार्य मान्दै उनी संग कुनै सल्लाह ,सहकार्य, न गरी उनको जानकारी बिना उनको नाम प्रत्यक्ष तर्फको प्रदेश सभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको विषयमा गम्भीर आपत्ति सहित ध्यानाकर्षण भएको भन्दै घोर भत्सर्ना गरेका छन् । " यसरि मलाई बदनाम गर्ने नियतले गरिएको यो कार्यको घोर भर्त्सना गर्दछु भने प्रेस विज्ञप्तीमा उल्लेख छ। " उनको प्रेस विज्ञप्ती अनुसार उनी नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको प्रदेश प्रतिनिधि समेत भएकोले उनको राजनीतिक चरित्रको हत्या गर्न यस्तो कु- कार्य गरिएको आशंका गरेका छन्। उनका अनुसार" म नेपाली कांग्रेस पार्टीको एक इमान्दार कार्यक्रता माथि गरिएको योजनापूर्ण संयन्त्रले स्पस्ट गर्छ कि यो म लाई बदनाम गरि मेरो राजनीतिक चरित्र हत्या गर्न खोजिएको छ" भन्ने प्रेस विज्ञप्तीमा उल्लेख रहेको छ। " उनी नेपाली कांग्रेसको सदस्य भएकोले उनी नेपाली कांग्रेस लगायत कुनै पनि पार्टीमा आफ्नो नाम सिफारिस नगराएको हुनाले भ्रममा न पर्न सम्पूर्ण जन समुदायमा अनुरोध समेत गरेका छन्। उनका अनुसार " उनी सधै नेपाली कांग्रेसको क्रियाशील सदस्य भइ पार्टी,देश र जनताको लागि काम गरि रहने बताउँदै यस्ता कु-कार्य न गर्न गराउन सम्पूर्ण सरोकारवाला निकायमा हार्दिक अनुरोध समेत गरेका छन्।