ध्रुव जंग थापा - प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नंवर ४ भ्यागुतेमा शनिवार मध्यान्ह जीप दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ। स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ आउंदै गरेको लु३च ३५३ नम्वरको जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका -३ निवासी ३२ वर्षिया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको हो।दुर्घटनामा १४ जना घाईते भएका छन।त्यसमध्ये ९ जनाको अबस्था गंभीर छ ! घाइतेहरुलाइ थप उपचारको लागि बुटवल रिफर गरिएको छ।
जीप दुर्घटना हुदा एक महिलाको मृत्यु १४ घाइते- गण्डकी आज