पूर्वी नवलपरासी, देवचुली । सरकारले आउदो बैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति तय गरेको छ।आउदै गरेको स्थानीय तहको चुनावमा विभिन्न पार्टीका नेताहरुले आफ्नो उम्मेद्बारी घोषणा गरेका छन् । यसै सन्दर्भमा देवचुली नगरपालिकाको मेयर पदमा समाजसेवी युवा नेता काङ्ग्रेस माहाधिबेशन प्रतिनिधि तथा नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सदस्य अशोक बस्ताकोटीले दावी गरेका छन। सानै उमेर देखि बिद्यार्थी राजनिती बाट नेवि संघ नवलपरासी जिल्ला अध्यक्ष हुँदै नेवि संघ केन्द्रीय सदस्य, र देवचुली नगरका विभिन्न संघ संस्थाको कुशल नेतृत्व गर्दै नवलपुर काङ्ग्रेस राजनितीमा उदाएका बस्ताकोटी हाल नेपाली काङ्ग्रेसका माहाधिबेशन प्रतिनिधि तथा गण्डकी प्रदेश सदस्य हुन् ।उनले आफू मेयर पदमा बिजयी भएमा देशकै नमुना सुन्दर, समृद्ध , स्मार्ट नगरको निर्माणमा आफू लाग्ने बताएका छन् । साथै उनले नगरमा नीति, विधि र प्रबिधिमैत्री बनाई अधि बढ्ने, पारदर्शी र सुसाशन कायम गरी भुमिहीन र सुकुम्बासीहरुलाई लाल पुर्जा उपलब्ध गराई नगरबासी लाई गौरवान्वित महसुस गराउने कार्य गर्ने बताएका छन् ।
देवचुलिको मेयरमा युवा नेता बस्ताकोटिको दावी