दोरेन्द्र खड्का ,बझाङ । बझाङको केदारर्स्यु गाउँपालिकाले केदारर्स्यु गाउँपालिका भरि काम गर्ने ६ जना सडक बिभागमा कर्मचारीलाई साइकल वितरण गरेको छ । जयपृथ्वी राजमार्ग अन्तर्गत केदारर्स्यु गाउँपालिका भित्री नहरका आसपास ढुङ्गामाटाे सफा गर्न छिटो र छरितो होस भनेर गाउँपालिकाले कामदारलाई साइकल गरिएकाे हो ।सडक विभाग मार्फत काम गर्ने कर्मचारीलाई सडक बिग्रेको अबरुद्ध ठाँउमा पुग्न छिटाे छरिताे हुने भन्दै गाउँपालिकाले साईकल बितरण गरिएको केदारर्स्यु गाउँपालिका का अध्यक्ष इन्द्र बहादुर भण्डारी बताउनु भएकाे छ। गाउँपालिकाका बिभिन्न वडाका वडाअध्यक्ष तथा कार्यपालिका सदस्य को उपस्थितिमा सडक बिभागमा काम गर्न कामदारलाई साइकलहरु वितरण गरिएको गाउँपालिकाका हाे । साइकल पाएपछि खुशी हुँदै एक कर्मचारीले भने ,"पैदल हिडेर काम गर्ने स्थानमा पुग्न धेरै समय खर्च हुदा दिनभरीको परिश्रम त्यतिकै खेर जान्थ्यो तर अब छिटोछरितो काम गरेर घर फर्केन समेत सजिलो हुने बताए ।
केदारर्स्यु गाउँपालिका द्वारा सडक बिभाग का कर्मचारीलाई साईकल वितरण