कावासोती ,फागुन १५। प्रथम सेन्ट जोसेफ कप नक-आउट फुटबल प्रतियोगिता २०७८ को आज भएको तेस्रो खेलमा नमुना युवा क्लब कावासोतिले झाक्रे फुटबल क्लबले १-० गोल अन्तरले पराजित गरेको छ। कावासोती ८ मा रहेको टुबोर्ग खेलमैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक आजको खेलको म्यान अफ दि म्याच नमुना युवा क्लवका जर्सी नं १२ का खेलाडी सखिन गुरुङ चुनिएका थिए । प्रथम सेन्ट जोसेफ कप नक आउट फुटबल प्रतियोगिता २०७८को मुख्य प्रायोजक काठमाण्डौको गोगंबु स्थित द नाम्स स्कुलको व्यवस्थापनद्वारा सन्चालित कावासोती-३ मा रहेको कावासोती सेन्ट जोसेफ बोर्डिङ रहेको छ भने सह-प्रायोजकमा अस्ट्रेलिया ,जापान,युरोप लगायतका देशहरुमा बिधार्थी भिषामा विद्यार्थी पठाउदै आइरहेको सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लि. रहेको छ। प्रतियोगिताको अफिसियल मिडियामा गण्डकी आज तथा रेडियो सामर्थ्य एफ एम रहेको छ ।प्रथम सेन्ट जोसेफ कप नक आउट फुटवल प्रतियोगिता २०७८ मा प्रथम हुने टिमले नगद रु १ लाख ३० हजार नगद सहित , ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छन भने उपबिजेता टिमले नगद रु ८० नगद सहित ट्रफि र मेडल प्राप्त गर्ने छन। भोलिको खेल प्रगतिकला मन्दिर,दलदले र भानु युथ एकेडेमी विच हुने आयोजक सेन्ट्रल कलेज अट्ठाइस विगाहा युवा क्लबका अध्यक्ष महेस अधिकारीले जानकारी दिएका छन।
प्रथम सेन्ट जोसेफ फुटबल कप:नमुनाले झाक्रेलाइ १-० ले हरायो