कावासोती,नवलपुर।नवलपुरमा रहेको जिल्ला प्रशासन कार्यालयबाट विद्दुतिय पासपोर्ट इ-पासपोर्ट सेवा सुरु गरिएको छ।लामो समय देखि इ-पासपोर्ट सुरु हुने भनेर नियमित पासपोर्ट बनाउने प्रक्रिया रोकिएको अबस्थामा विद्दुतिय पासपोर्ट सफ्टवेयर जडान गरिएकोले हिजो बाट इ पासपोर्ट निर्माण सुरु गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत आनन्द शर्माले जानकारी दिएका छन।
अब सेवाग्राहिले अनलाइन रजिस्ट्रार गरेर जिल्ला प्रशासनमा गएर प्रक्रिया पूरा गरेमा एक हप्ता भित्रमा इ- पासपोर्ट प्राप्त गर्न सक्नेछन् ।इ- पासपोर्ट सेवा सुरु भए संगै सेवाग्राहिलाइ सहज हुने विश्वास व्यक्त गरिएको छ।
नवलपुरमा सुरु भयो इ-पासपोर्ट सेवा